आँखाको स्नायु सम्बन्धि जटिल समस्याबाट ग्रसित स्टाफ नर्स प्रमिला अधिकारी ।
नेपालगन्ज ९ असार : भेरी अस्पताल नेपालगन्जमा कोभिड वार्डमा कार्यरत स्टाफ नर्स प्रमिला अधिकारी उपचारका लागि नेपाल नर्सिङ्ग संघ बाँके शाखाले आर्थिक सहयोग गरेकोछ ।
संघकी बाँके शाखा अध्यक्ष लक्ष्मी केसीका अनुसार अन्नपूर्ण हस्पिटल काठमाण्डौंमा उपचाररत स्टाफ नर्सको उपचारका लागि ५० हजार ४० रुपैयाँ सहयोग गरेको हो ।
अध्यक्ष केसीले भनिन्–‘उपचाररत प्रमिलालाई आर्थिक समस्या हुदाँ बाँके नर्सिङ्ग संघ परिवार अत्यन्त दुखित भएकोछ । प्रमिलाको उपचारका लागि हामीले सहयोग आह्वान गरेका थियौं ।’ उनले अगाडी भनिन्–‘नर्सिङ्ग संघले सहयोग आह्वान गरेको छोटो समयमा उठेको रकम प्रदान गरेकाछौं । थप रकम संकलन भइरहेकोछ । अन्य सहयोगदातालाई समेत सहयोगका लागि अनुरोध गर्दछु ।’
सहयोगबापत संकलित रकम नर्सिङ्ग संघ बाँकेकी कोषाध्यक्ष रुम कुमारी बस्नेतमार्फत विरामी भएकी स्टाफ नर्स अधिकारीको खातामा जम्मा गरिएकोछ । सहयोग गर्ने सम्पूण स्वास्थ्यकर्मी आभार प्रकट गर्दछु । शिघ्र स्वास्थ्य लाभको कामना ।
भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत स्टाफ नर्स अधिकारी एक्कासी आँखाको स्नायु सम्बन्धि जटिल समस्याबाट ग्रसित बन्न पुगेकी हुन् । उपचारमा आर्थिक अभाव भएपछि अहिले उनको उपचारका लागि सहयोग जुटाउन थालिएकोछ ।
मनकारी सहयोगी हातहरुले स्टाफ नर्स प्रमिला अधिकारी बचाउन एनआइसी एसिया बैँकमा उनको नाममा रहेका ०२०५७५०९७९१०१००१ खातामा सहयोग रकम जम्मा गर्नसक्नुहुनेछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?