स्टाफनर्स अधिकारीको उपचारका लागि नर्सिङ्ग संघ बाँकेद्वारा ५० हजार सहयोग


स्टाफनर्स अधिकारीको उपचारका लागि नर्सिङ्ग संघ बाँकेद्वारा ५० हजार सहयोग

आँखाको स्नायु सम्बन्धि जटिल समस्याबाट ग्रसित स्टाफ नर्स प्रमिला अधिकारी ।

नेपालगन्ज ९ असार : भेरी अस्पताल नेपालगन्जमा कोभिड वार्डमा कार्यरत स्टाफ नर्स प्रमिला अधिकारी उपचारका लागि नेपाल नर्सिङ्ग संघ बाँके शाखाले आर्थिक सहयोग गरेकोछ ।

संघकी बाँके शाखा अध्यक्ष लक्ष्मी केसीका अनुसार अन्नपूर्ण हस्पिटल काठमाण्डौंमा उपचाररत स्टाफ नर्सको उपचारका लागि ५० हजार ४० रुपैयाँ सहयोग गरेको हो ।

अध्यक्ष केसीले भनिन्–‘उपचाररत प्रमिलालाई आर्थिक समस्या हुदाँ बाँके नर्सिङ्ग संघ परिवार अत्यन्त दुखित भएकोछ । प्रमिलाको उपचारका लागि हामीले सहयोग आह्वान गरेका थियौं ।’ उनले अगाडी भनिन्–‘नर्सिङ्ग संघले सहयोग आह्वान गरेको छोटो समयमा उठेको रकम प्रदान गरेकाछौं । थप रकम संकलन भइरहेकोछ । अन्य सहयोगदातालाई समेत सहयोगका लागि अनुरोध गर्दछु ।’

सहयोगबापत संकलित रकम नर्सिङ्ग संघ बाँकेकी कोषाध्यक्ष रुम कुमारी बस्नेतमार्फत विरामी भएकी स्टाफ नर्स अधिकारीको खातामा जम्मा गरिएकोछ । सहयोग गर्ने सम्पूण स्वास्थ्यकर्मी आभार प्रकट गर्दछु । शिघ्र स्वास्थ्य लाभको कामना ।

Kids Festival 2022
kanti aarogya hospital
add

भेरी अस्पतालको कोभिड वार्डमा कार्यरत स्टाफ नर्स अधिकारी एक्कासी आँखाको स्नायु सम्बन्धि जटिल समस्याबाट ग्रसित बन्न पुगेकी हुन् । उपचारमा आर्थिक अभाव भएपछि अहिले उनको उपचारका लागि सहयोग जुटाउन थालिएकोछ ।

मनकारी सहयोगी हातहरुले स्टाफ नर्स प्रमिला अधिकारी बचाउन एनआइसी एसिया बैँकमा उनको नाममा रहेका ०२०५७५०९७९१०१००१ खातामा सहयोग रकम जम्मा गर्नसक्नुहुनेछ ।