नेपालगन्ज १० असार : मौसममा आएको परिर्वतनसहित आज देशका विभिन्न भागमा वर्षा हुँदैछ ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका विभिन्न नदी तथा खोला र यसका सहायक नदीमा पानीको आकस्मि बहाव बढ्नेछ । भने कतिपय स्थानमा सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएकोछ ।
आज कोसी र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ ।
यस्तै आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।
कन्काईमा बहाव सामान्य रहने तथा सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै छ ।
आज कमला, वाग्मती, पश्चिम राप्ती, बबई जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी वर्षा भई बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
देशका केही स–साना नदी जलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु