आज यी नदीमा बाढी आउँनेछ


आज यी नदीमा बाढी आउँनेछ

नेपालगन्ज १० असार : मौसममा आएको परिर्वतनसहित आज देशका विभिन्न भागमा वर्षा हुँदैछ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका विभिन्न नदी तथा खोला र यसका सहायक नदीमा पानीको आकस्मि बहाव बढ्नेछ । भने कतिपय स्थानमा सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएकोछ ।

आज कोसी र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान छ ।
यस्तै आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काईमा बहाव सामान्य रहने तथा सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ । बिहानको मापनानुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तलै छ ।

Kids Festival 2022
kanti aarogya hospital

आज कमला, वाग्मती, पश्चिम राप्ती, बबई जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी वर्षा भई बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

देशका केही स–साना नदी जलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।