यौनरोग बिशेषज्ञ डा. बद्रिका घटनै घटना, क्लिनिक भित्र विरामीमाथि र्दुव्यवहार


सेतोखरी सेतोखरी   शुक्रबार, असार ११, २०७८
यौनरोग बिशेषज्ञ डा. बद्रिका घटनै घटना, क्लिनिक भित्र विरामीमाथि र्दुव्यवहार

 
 
नेपालगन्ज : भेरी अस्पतालमा कार्यरत छाला तथा यौनरोग बिशेषज्ञ डा.बद्रि चापागाईले विरामीमाथि घटना मात्र घटाइ रहेका छन् । उनले क्लिनिकमा आएका बिरामीलाई र्दुव्यवहार गर्ने गर्दछन् । 
 
घटना नम्बर १ : डा.बद्रिले भेरी अस्पतालको सामुन्ने रहेको आफ्नो क्लिनिकमा आएका बिरामीलाई शुक्रबार विहान र्दुव्यवहार गरेका हुन् । बिरामीसँग तुच्छ बोल्ने, हकार्ने, सबै भन्दा जान्ने मै हुँ भन्ने व्यवहार देखाउने डा.बद्रिको बिशेषता हो ।
 
नेपालगन्ज फुल्टेक्रा निवासी अमृता केसीलाई आफ्नै क्लिनिक भित्र पस्ने वित्तिकै र्दुव्यवहार गरेको केसीले सेतोखरीलाई बताइन् । 
 
छाला सम्बन्धि समस्या भएपछि केसी आफ्ना पतिसँगै डा.बद्रिको क्लिनिकमा आएकी थिइन् । आउनु भन्दा पहिले डा.बद्रिलाई फोन गरेपछि डा.बद्रिले आउन भनेपछि केसी पतिकासाथ क्लिनिक पुगेकी थिइन् । 
 
पत्रकार तथा वकिल समेत रहेकी केसीले सेतोखरीसँग भने अनुसार, उनी क्लिनिक पुगेर ५ सय रुपैंया तिरेर पर्चा काटी लाइनमा समेत बसिन् । ‘डा.बद्रि २ पटक बाहिर भित्र गर्दा पहिलेदेखि चिनेकाले डाक्टर साव नमस्कार समेत भने मैले ।’ केसीले घटनाको बेलिविस्तार लगाउदै भनिन् ‘चिनेपनि मैले विरामीले पालना गर्नु पर्ने नियम पालना गरिरहे । कसैको पालो मिचिन, लाइनमा बसेर अन्तिमसम्म पालो पर्खिरहें ।’
 
ढोकामा बसेका डाक्टरका कर्मचारीले नाम बोलाउदै तपाईको पालो आयो भित्र जानुस् भनेपछि मात्र आफु गएको केसीले बताइन् । ‘मैले कसैको पालो मिचेकी थिइन । म भित्र पस्ने वित्तिकै किन भित्र आएको बाहिर जानुस् भन्दै पिट्लान् जस्तो गरेर हकारे ।’ केसीले सेतोखरीसँग भनिन् ‘यस्तो व्यवहार देखाएकी लाग्छ म कुनै अपराधी हुँ । म एउटा विरामी थिंए, पैसा तिरेर लाईनमा बसे, डाक्टरकै कर्मचारीले भित्र जान भनेपछि मात्र भित्र गएँ मैले के विराएँ ? मेरो के गल्ती ? मलाई दुरव्यवहार गर्ने ? म रुन मात्र सकिन अनि पर्चा काटेको पैसा फिर्ता मागेर फर्किए ।’
 
डाक्टरलाई कुनै समस्या भए राम्रो बोली गरेर बाहिर पठाएपनि हुने केसीले बताइन् । ‘क्लिनिकमा चेकजाँच गराउनु आएका विरामीलाई दुरव्यवहार गर्ने डाक्टर बद्रिलाई अधिकार छैन । बिरामीलाई दुरव्यवहार गर्ने डा.बद्रिमाथि कार्वाहीको माग गर्दछु । बद्रि जस्तो अनुशासनहिन डाक्टरले गर्दा अन्य डाक्टरको पनि बेइज्जत गरेका छन् ।’
 
घटना नम्बर २ : यौनरोग बिषेशज्ञ डा.बद्रिले पत्रकार करुणा शाह माथि पनि र्दुव्यवहार गरेका छन् । शाहले छाला सम्बन्धि समस्या भएपछि क्लिनिकमा चेक गराउन गएको बेला डा.बद्रिले आफुलाई र्दुव्यवहार गरेको शाहले सतोखरीसँग दुःखेको पोखिन् ।
 
‘मेरो समाचार लेखिदिनु प¥यो, डा.बद्रिलाई बिरामीसँग बोल्ने तमिज छैन ।’ पत्रकार शाहले भनिन् ‘डा.बद्रिले मलाई गरेको र्दुव्यवहारको कुरा म कसरी बताउँ । त्यस्तो डाक्टरसँग त चेक गराउन कोही नजाओस् ।’
 
छाला सम्बन्धि समस्या आएपछि डा.बद्रिको क्लिनिकमा चेक गराउन गएको र काठमाण्डुमा चेकजाँच गराएको पर्चा तथा विभिन्न रिपोर्टहरु देखाउदा सबै कागजात सुइइअँ फ्याँकिदिएको शाहले बताइन् । 
 
‘तपाईको समस्या के हो सिधा सिधा मलाई भन्नुस् दुनियाँ कागज पत्र मलाई नदेखाउनुस् भन्दै काठमाण्डौं चेक गराएको पर्चाहरु फाल्दै गर्जिए ।’ शाहले भनिन् ‘अरु डाक्टरको मेडिसिन खाँदा ठिक नभएपछि त त्यहाँ गएको हो, पुरानो इन्भेस्टिगेशन त देखाउनु प¥यो नि । बाघ जस्तो खाउँला जस्तो गर्ने हो त बिरामीसँग ? बिरामीलाई र्दुव्यवहार गर्ने यस्ता डाक्टरलाई ठिक ठाउँमा ल्याउनु पर्छ ।’ 
 
यस बिषयमा डा.बद्रिले भित्र बिरामी भएकाले आफुले केसीलाई बाहिर पठाएको बताए । ‘भित्र बिरामी चेक गरिरहेको थिएँ त्यहि बेला अमृता केसी भित्र पस्नु भयो । डा.बद्रिले सेतोखरीसँग भने ‘मान्छे कुन मुडमा हुन्छ नरम भएर बाहिर जानुस् हजुर भनेर त म भन्न सक्दिन नि, अवस्य जोडले बोले हुँला । त्यसलाई र्दुव्यवहार सम्झनु हुन्छ भने मलाई भन्नु केही छैन ।’
 
पर्चा काटेर लाईनमा बसेकी केसीलाई तपाईकै कर्मचारीले पालो आएको र भित्र जान भनेपछि मात्र केसी भित्र पसेको रे नि त ? भनि सेतोखरीले प्रश्न राख्दा डा.बद्रिले भने ‘एक जना कर्मचारी विदामा गएको भनि आलटाल गर्दै प्रष्ट जवाफ नदिइ कुरा गर्न चाहेनन् ।’ 
 
 
 
 
 
 
Kids Festival 2022
kanti aarogya hospital
add