नेपालगन्ज १२ असार : देशभर थप ४ हजार ९१४ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप ४ हजार ९१४ जना संक्रमित निको भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसंगै नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको भइसकेका छन् । भने नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ८१० जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो ।
देशभर ४ हजार ७०४ जनाको पीसिआर परीक्षण गर्दा १ हजार १७४ र ४ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा ८४२ जना संक्रमित पुष्टि भएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको छ ।