नेपालगन्ज १२ असार : देशभर थप ४ हजार ९१४ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट थप ४ हजार ९१४ जना संक्रमित निको भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसंगै नेपालमा हालसम्म ५ लाख ८१ हजार ३२७ जना संक्रमित निको भइसकेका छन् । भने नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ८१० जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो ।
देशभर ४ हजार ७०४ जनाको पीसिआर परीक्षण गर्दा १ हजार १७४ र ४ हजार ८०६ जनाको एन्टीजेन परीक्षण गर्दा ८४२ जना संक्रमित पुष्टि भएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ९७५ जना संक्रमितको मृत्यु भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?