नेपालगन्ज १२ असार : वडाको नेतृत्व सम्हालेदेखि नै बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमालले बताए ।
उनले बालबालिकाका सवालमा म मात्रै नभएर सिंगो वडा कार्यालय संवेदनशील भइ अघि बढेको बताए ।
बालमैत्री स्थानीय शासनको अभिमुखिकरण तथा सूचक मापन कार्यक्रमको समापनमा बोल्दै वडाअध्यक्ष हमालले यस्तो बताएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको आयोजना तथा एकिकृत सामाजिक विकास केन्द्र (आइएसडिसी)को समन्वयमा भएको दुई दिने उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष हमाललले भने–‘देशभर जनप्रतिनिधीले भौतिक सुधारलाई मात्र प्राथमिकता दिएर कामहरु गरे तर, भौतिकमात्र नभएर सामाजिक विकास हुन सकेन ।’
उनले भने–‘वडालाई बालमैत्री स्थानीय सासन लागु भएको वडा घोषणा गर्न वडाले भरपुर प्रयास गरेतापनि केही सूचक र मापदण्डहरु पुरा हुन सकेन । पछिल्लो समय कोभिडले प्रभाव पा¥यो ।’
उनले आगामी आर्थिक वर्षका लागि वडाले एक करोड ५० लाखको बजेट सिलिङ्ग पाएको भन्दै बालबालिकाको क्षेत्रमा समेत उल्लेख्य बजेट विनियोजन गरिने बताए ।
आइएसडीसिका अध्यक्ष एवंम कार्यक्रमका प्रशिक्षक चित्रबहादुर केसी, वीरबहादुर हमाल र शेरबहादुर रौलेले प्रशिक्षण दिएका थिए । उनीहरुले बालमैत्री अवधारणा, बालमैत्री घोषणा सम्बन्धि कार्यविधि, सूचकका बारेमा प्रशिक्षण दिएका थिए ।
कोभिडका समयमा भएको दुईदिने कार्यक्रममा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्दै माक्स, सानिटाइजर भौतिक दूरी कायम गरिएको थियो ।
वडाका बालक्लब, युवाक्लब, किशोरी क्लब, स्वयमसेविका, नेपाल प्रहरी र जनप्रतिनिधी लगायत ३० जनाको सहभागिता रहेको थियो ।