File Photo
नेपालगन्ज १३ असार : देशभर थप ३ हजार ७ जनाले कोरोना भाइरस संक्रमण जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ८४ हजार ३३४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार आरटी–पीसीआर र ३ हजार ८३६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।
पीसीआर परीक्षणमा एक हजार ३५३ र एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमतिको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?