खजुरा (बाँके) १३ असार : मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत खजुरामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ ।
आईतबार खजुरा गाउँपालिकाले मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग र सबै वडाको समन्वयमा उक्त सामाग्री वितरण गरिएको हो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समितिका सदस्य गेहेन्द्र धितालले संयुक्तरुपमा सहयाक सामाग्री वितरण गरेका हुन् ।
महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेका अनुसार अति विपन्न परिवारका अपांगता वर्गीकरण ख, ग र घ वर्गका व्हीलचेयर २५ जनालाई, ट्राइसाइकल ६ जनालाई, बैशाखी २ जना, रिंगबाला बैशाखी २ जना, सेतोछडी ८ जनालाई गरी ५० जनालाई वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख कक्षपति, उपप्रमुख विकले विभिन्न कारणले अपांगता भएर आफ्नो जीवनमा सहाराको आवश्यकता भएका गाउँपालिका क्षेत्रभित्रका व्यक्तिहरुको सहाराको रुपमा गाउँपालिका उभिने बताए ।
गाउँपालिकाले करीब ५ सय जनालाई अपांगता परिचयपत्र वितरण गरेको जनाएको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु