निको हुने दर ९२ दशमलब ६ प्रतिशत
नेपालगन्ज १४ असार : देशभर थप ३ हजार ८ सय ५३ जना संक्रमित निको भएका छन् । यो संगै नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६ सय ४० जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोराना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको पीसिआर परीक्षण गर्दा १ हजार ५ सय ९ र ४ हजार ९ सय ९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?