नेपालगन्ज १४ असार : नेपालगन्ज उप–महानगरपालिकाले लामो समयदेखि तयारी गरिरहेको गल्स कलेज नयाँ शैक्षिक शत्रदेखि शुरु हुने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शम्शेर राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा आईतबार मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति नन्दबहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको छ ।
मध्यपश्चिम विश्व विद्यालयका उपकुलपतिसँग छलफलपछि नेपालगन्ज फर्किएको टोली सोमबार पनि नगरप्रमुख डाक्टर राणा सहितको छलफलमा छ ।
कलेज सञ्चालनका लागि असार १० गते भएको ९ औं नगरसभाबाट विनियमावली पारित गरिएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।
पहिलो वर्ष बिएससी, सिएसआईटी र विएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रिया शुरु गर्दै प्रस्तावना तयार पारी सम्बन्धनका लागि केही दिनमै औपचारिक प्रस्ताव विश्व विद्यालयमा पेश गरिने शाखा प्रमुख थापाले बताए ।
नेपालगन्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो ।
कलेज सञ्चालनका लागि निर्माण भईरहेको भवनको सम्पूर्ण कार्य एक महिनाभित्रै सम्पन्न हुने उप–महानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख राणाले नेपालगन्जमा कन्या क्याम्पसको आवश्यकता महसुश गरि सुरुवातदेखि नै कलेज स्थापनाको पहल गरिएको र अहिले त्यो पुरा हुने चरणमा पुगेको बताए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु