नेपालगन्ज १४ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले बालबालिकासंबन्धि आचारसंहिता निर्माण गरेकोछ ।
बालश्रम तथा बालविवाह सम्बन्धी अन्तरक्रिया तथा बालमैत्री आचार संहिता निर्माण कार्यक्रम सम्बन्धि २ दिने अभिमुखिकरणमा उक्त आचारसंहिता निर्माण गरिएको हो ।
वडा नम्बर २ को कार्यालयको आयोजना तथा एकिकृत सामाजिक विकास केन्द्र, (आइएसडीसी) नेपालको सहजिकरणमा वडामा बालबालिकासम्बन्धि आचारसंहिता निर्माण गरिएको आइएसडीसीका शेरबहादुर रौलेले जानकारी दिए ।
निर्माण गरिएको उक्त आचारसंहिता वडामा रहेका बालक्लब, किशोरी क्लब, आमा समुह, शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायतले पालना गर्नुपर्नेछ ।
दुईदिने प्रशिक्षणमा बालश्रम, बालविवाह, बालबालिका सम्बन्धि ऐन, नियमत, नीति तथा कानून बारेमा बृहत्तर छलफल गरि उक्त आचार संहिता निर्माण गरिएको हो ।
उनका अनुसार बालमैत्री वडा उन्मुख वडा कार्यालयले बालमैत्री स्थानीय शासन घोषणाका लागि तिव्र तयारी गरेकोछ । सोही लक्ष्य प्राप्तीका लागि वडाले योजना तथा बजेट विनियोजन गरि गतिविधि गर्दै आएकोछ ।
वडामा रहेका विभिन्न बालक्लब, किशोरी क्लब, आमा समूह, शिक्षक, बिद्यालय ब्यवस्थापन सिमित, महिला स्वास्थ्य स्वंम सेविका, जेष्ठ नागरिक समाज, समाजसेवी लगायत ३० जनाको सहभागितामा आयोजित कार्यक्रममा आइएसडीसीका अध्यक्ष चित्रबहादुर केसी, वीरबहादुर हमाल र शेरबहादुर रौलेले प्रशिक्षण दिएका थिए ।
यसअघि २ नम्बर वडा कार्यालय र आइएसडीसीको सहजिकरणमा बालमैत्री स्थानीय शासनको अभिमुखिकरण तथा सूचक मापन कार्यक्रम सम्पन्न गरिएको थियो ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु