नेपालगन्ज १८ असार : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ ले बालमैत्री अभियानलाई निरन्तरता दिएकोछ ।
बालमैत्री अवधारणा अवलम्बन गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयले विभिन्न गतिविधि मार्फत वडाका लक्षित समुहलाई सुसुचित गरिरहेकोछ ।
वडालाई बालमैत्री स्थानीय शासन लागु भएको वडा निर्माणमा अग्रसर वडाले लक्षित समुहलाई प्रशिक्षण दिनुका साथै आवश्यक सूचकहरु समेत पुरा गर्दै गइरहेकोछ ।
केही दिनअघिमात्रै बालबालिका सम्बन्धि आचारसंहिता निर्माण गरेको वडाले बालमैत्री कार्ययोजना समेत निर्माण गरेकोछ । बालमैत्री स्थानीय शासन सम्बन्धि पुर्नताजकी तालिम दिदैं बालमैत्री सम्बन्धि कार्ययोजना निर्माण गरेको हो ।
वडाअध्यक्ष सुनिल सिंह हमालका अनुसार बालमैत्री योजना निर्माणले वडालाई बालमैत्री स्थानीय शासन लागु भएको वडा निर्माणमा सहयोगी भूमिका खेल्ने बताए । उनले यसका लागि आगामी वर्षमा आवश्यक योजना तथा बजेट विनियोजनका लागि सहयोग गर्ने बताए ।
नेपालगन्ज २ नम्बर वडा कार्यालयको आयोजना तथा एकिकृत सामाजिक विकास केन्द्र (आइएसडीसि) नेपालको सहजिकरणमा भएको दुईदिने अभिमुखिकरणमा बालमैत्री कार्ययोजना तयार पारिएको हो ।
सो क्रममा वडा नम्बर २ का आमा समूह, बालक्लब, किशोरी क्लब, शिक्षक, बिद्यालय ब्यवस्थापन सिमित, महिला स्वास्थ्य स्वयम सेविका, जेष्ठ नागरिक समाज, समाजसेबी लगायत ३० जनाको सहभागिता रहेको थियो । भने आइएसडिसीका अध्यक्ष चित्रबहादुर केसी, वीरबहादुर हमाल र शेरबहादुर रौलेले प्रशिक्षणका साथै बालमैत्री कार्ययोजना निर्माणमा सहजिकरण गरेका थिए ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु