नेपालगन्ज १८ असार : देशभर थप ३ हजार ४५१ जना संक्रमित निको भएका छन् ।
योसंगै नेपालमा हालसम्म ६ लाख ३ हजार ६०० जना संक्रमित निको भइसकेका छन् । भने नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५९६ जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९९ जनामा कोराना पुष्टि भएको हो ।
दशेभर ६ हजार ५६६ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ३९१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन् ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा