देशभर थप ३४५१ जनाले कोरोना जिते


देशभर थप ३४५१ जनाले कोरोना जिते

नेपालगन्ज १८ असार : देशभर थप ३ हजार ४५१ जना संक्रमित निको भएका छन् ।

योसंगै नेपालमा हालसम्म ६ लाख ३ हजार ६०० जना संक्रमित निको भइसकेका छन् । भने नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५९६ जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९९ जनामा कोराना पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

दशेभर ६ हजार ५६६ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ३९१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन् ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।