नेपालगन्ज १९ असार : नेपालमा थप ३ हजार ६६ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसंगै नेपालमा हालसम्म ६ लाख ६ हजार ६६६ जना संक्रमित निको भइसकेका छन् । भने नेपालमा संक्रमित निको हुने दर ९४ दशमलब ३ प्रतिशत रहेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ३२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार १३३ जनाको पीसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ३२८ जनामा कोराना पुष्टि भएको हो ।
यस्तै मन्त्रालयका अनुसार ५ हजार ८३७ जनाको पीसिआर परीक्षण गर्दा १ हजार ५२७ र ४ हजार २९६ जनाको एन्टीजेन परीक्षण गर्दा ८०१ जना संक्रमित पुष्टि भएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १९ जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म ९ हजार १९८ जना संक्रमितको मृत्यु भएको छ ।
त्यसैगरी देशभर हाल ८०८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । ६२७ आइसीयू र १८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार ८१३ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?