कोरोना अपडेटः थप २५५२ जनाले कोरोना जिते


कोरोना अपडेटः थप २५५२ जनाले कोरोना जिते

नेपालगन्ज २० असार : देशभर थप २ हजार ५ सय ५२ जना संक्रमित निको भएका छन् । योसंगै हालसम्म नेपालमा ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार एक सय ३२ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४ हजार ८ सय ७६ जना पीसिआर परीक्षण गर्दा एक हजार ४२ र ३ हजार २ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म देशभर कोभिडका कारण ९ हजार २ सय २५ जना संक्रमितको मृत्यु भइसकेको छ ।