देशभर १५६५ कोरोना संक्रमित निको भए


देशभर १५६५ कोरोना संक्रमित निको भए

नेपालगन्ज २२ असार : देशभर थप एक हजार ५६५ संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ दशमलब ४ प्रतिशत रहेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पीसिसार परीक्षण गर्दा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार २६३ जना संक्रमितको निको भइसकेको छन् ।