नेपालगन्ज २२ असार : नेपालगन्ज उप–महानगरपालिकाका विकट ग्रामीण वस्तीमा आम नागरिकलाई स्वास्थय सेवा पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
वडा नम्बर २० को थपुवा र वडा नम्बर १९ को बसुदेवपुरमा बालबालिकालाई केन्द्रीत गरि शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । शिविरमा आएकाहरुलाई निःशुल्क औषधी समेत उपलब्ध गराइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले कान्ति हेल्थलाईनको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बाल रोग विशेषज्ञ डाक्टर रोमा बोरा लगायतका स्वास्थ्यकर्मीहरुले शिविरमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण गरिन । मनिकापुरको थपुवामा सोमबार १३५ जनाको परीक्षण गरि निःशुल्क औषधी उपलब्ध गराइएको छ ।
बसुदेवपुरमा मंगलबार दिउँसोसम्म एकसयजनाको परीक्षण गरि निःशुल्क औषधी दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा, वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की, वडा नम्बर १९ का अध्यक्ष परसराम कुर्मी, स्वास्थ्य शाखा प्रमुख चन्द लगायतले निःशुल्क स्वास्थ्य शिविरमा पुगेर यसको प्रभावकारिताबारे जानकारी लिएका थिए ।