देशभर थप २२३९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु


देशभर थप २२३९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

नेपालगन्ज २५ असार : देशभर थप दुई हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा थप दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा शुक्रबारसम्म कोरोना संक्रमित हुनेको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६५७ जना पीसिआर परीक्षण गर्दा एक हजार २३९ र ४ हजार ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै शुक्रबार देशभर थप एक हजार ३१६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार योसंगै हालसम्म देशभर ६ लाख ६१ हजार ९२९ जना निको भइसकेका छन् । भने नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जना संक्रमितको निको भइसकेको छन् ।