File Photo
नेपालगन्ज २६ असार : जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेकोछ ।
पछिल्ला केही दिनदेखि निषेधाज्ञा केही खुकुलो बनाउँदै लगेको सुर्खेतमा आगामी असार ३१ गतेसम्मका लागि थप गरिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार थप गरिएको निषेधाज्ञा आगामी ३१ गते राती १२ बजेसम्म कायम गरिएकोछ ।
कोरोना संक्रमित हुनेको दर केही घटेपनि संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञा थप गरिएको हो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न सकिनेछ ।
त्यस्तै खाद्यान्न पसललगायत अत्यावश्यक सामग्रीको पसल सञ्चालनका लागि बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । तर, सुर्खेत प्रशासनले जिल्लामा होटल रेस्टुरेन्टहरुले क्षमताको ५० प्रतिशतसहित डेलिभरी सेवामार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँने ब्यवस्था कायम गरेकोछ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञासँगै कोरोना नियन्त्रण करीब शून्यमा झर्नै लागेको थियो । तर, पछिल्लो समय पुनः संक्रमिति बढ्न थालेका छन् ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग