सुर्खेतमा फेरि थपियो निषेधाज्ञा


सुर्खेतमा फेरि थपियो निषेधाज्ञा

File Photo

नेपालगन्ज २६ असार : जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेकोछ ।

पछिल्ला केही दिनदेखि निषेधाज्ञा केही खुकुलो बनाउँदै लगेको सुर्खेतमा आगामी असार ३१ गतेसम्मका लागि थप गरिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार थप गरिएको निषेधाज्ञा आगामी ३१ गते राती १२ बजेसम्म कायम गरिएकोछ ।

कोरोना संक्रमित हुनेको दर केही घटेपनि संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञा थप गरिएको हो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न सकिनेछ ।

त्यस्तै खाद्यान्न पसललगायत अत्यावश्यक सामग्रीको पसल सञ्चालनका लागि बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । तर, सुर्खेत प्रशासनले जिल्लामा होटल रेस्टुरेन्टहरुले क्षमताको ५० प्रतिशतसहित डेलिभरी सेवामार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँने ब्यवस्था कायम गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञासँगै कोरोना नियन्त्रण करीब शून्यमा झर्नै लागेको थियो । तर, पछिल्लो समय पुनः संक्रमिति बढ्न थालेका छन् ।