असार १ गते आएको बाढीले क्षतीग्रस्त बनेको मेलम्ची बजार ।
नेपालगन्ज २६ असार : मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने उनले बताएका हुन् ।
‘तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख उपलब्ध गराइरहेका छौं’,ओलीले भने ।
असार १ गते मेलम्ची खोलमा आएको बाढीको निरीक्षणका क्रममा उनी अहिले बाढीग्रस्त क्षेत्रमा छन् । उनले पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने पनि बताए ।
प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने बताए । घाइतेको उपचार सरकारले गर्ने उनले बताए । पुनः निर्माणको काममा सरकारको ध्यान गएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओली अहिले हेलम्बु क्षेत्रमा छन्, भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर पुगेका थिए । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गरे । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु