नेपालगन्ज २६ असार : देशभर थप एक हजार ४ सय ३२ जनाले कोरोना जितेकाछन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।
उक्त अवधिमा २२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?