कोरोना अपडेट : देशभर थप १४३२ जनाले कोरोना जित्दा २२ जनाको मृत्यु


कोरोना अपडेट : देशभर थप १४३२ जनाले कोरोना जित्दा २२ जनाको मृत्यु

नेपालगन्ज २६ असार : देशभर थप एक हजार ४ सय ३२ जनाले कोरोना जितेकाछन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त अवधिमा २२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ ।