नेपालगन्ज २८ असार : जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार आज देशभर बदली भइ देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने अनुमान गरिएकोछ ।
देशका केही स्थानका नदी तथा सहायक नदीहरुमा जल वहाव बढ्नुका साथै बाढी समेत आउने अनुमान गरिएकोछ ।
आज कर्णाली र महाकाली नदीका सहायक नदीहरुमा पानीको बहाव केही बढ्नेछ । तर, सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । यस्तै तिनाउमा पनि बहाव केही बढ्नेछ । भने कोसी, नारायणी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाब सामान्य घटबढ हुने तर, सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएकोछ ।
यस्तै ताप्लेजुङ, पाँचथर, सोलुखम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, सुनसरी, मोरङ, झापा, इलाम, बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, कास्की, म्याग्दी, बागलुङ, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रुकुम पूर्व, सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालीकोट, दैलेख, जुम्ला, दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, डोटी, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।