नेपालगन्ज २८ असार : देशभर थप एक हजार एक सय ३३ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार यही अवधिमा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा थप २ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।
यसैबीच पछिल्लो समय देशभर थप १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।