नेपालगन्ज २८ असार : देशभर थप एक हजार एक सय ३३ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार यही अवधिमा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा थप २ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।
यसैबीच पछिल्लो समय देशभर थप १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?