आजबाट शिक्षकदेखि सहचालकलाई भेरोसेल खोप


आजबाट शिक्षकदेखि सहचालकलाई भेरोसेल खोप

File Photo

नेपालगन्ज २९ असार : सरकारले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा मंगलबार (आज) देखि लगाउँदैछ । भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन् ।

५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरि, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने मन्त्रालयले जनाएको छ ।

नेपालले चीनसँग नन् डिस्कोलजर एग्रिमेन्ट अनुसार खरीद गरिएको ४० लाख खोप अन्तर्गत असार २४ गते पहिलो चरणमा ८ लाख डोज खोप आएको छ । यो खोप अभियान हाल तीन वटा प्रदेशमा मात्र सञ्चालन हुनेछ । गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा मात्र भेरोसेल खोप लगाइनेछ ।