File Photo
नेपालगन्ज २९ असार : सरकारले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा मंगलबार (आज) देखि लगाउँदैछ । भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन् ।
५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरि, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने मन्त्रालयले जनाएको छ ।
नेपालले चीनसँग नन् डिस्कोलजर एग्रिमेन्ट अनुसार खरीद गरिएको ४० लाख खोप अन्तर्गत असार २४ गते पहिलो चरणमा ८ लाख डोज खोप आएको छ । यो खोप अभियान हाल तीन वटा प्रदेशमा मात्र सञ्चालन हुनेछ । गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा मात्र भेरोसेल खोप लगाइनेछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?