नेपालगन्ज २९ असार : देशभर थप २ हजार ३९८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३९८ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
देशभर ७ हजार ५८ पीसिआर र ३ हजार ९५४ जनाको एन्टीजेन परीक्षणका क्रममा थप २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । भने यही समयमा देशभरबाट थप २ हजार ७८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा थप १२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।