नेपालगन्ज : बालविवाह विरुद्ध बालबालिकाले जनचेतनामुलक सडक नाटक प्रर्दशन गरेकाछन् । वडा स्तरीय बालक्लब सञ्जालले बालविवाह विरुद्ध सडक नाटक प्रर्दशन गरेका हुन् ।
वडामा रहेको बालविवाहको समस्यालाई सडक नाटक मार्फत उजागार गर्न उनीहरुले नाटक मञ्चन गरेको बताए । बालमैत्री अभियान अन्र्तगत १ नम्बर वडा समितिको कार्यालयको आयोजना तथा वडा स्तरीय बालक्लब सञ्जाल वडा नम्बर १ ले आईतबार चिडिमारटोलमा सडक नाटक प्रर्दशन गरेका थिए ।

बालविवाहाको उच्च जोखिम भएका १ नम्बर वडाका विभिन्न टोलमा सो नाटक प्रर्दशन गरिने सञ्जालकी अध्यक्ष सिमरन थापाले बताईन । उनले भनिन हामी हाम्रो वडालाई बालविवाह मुक्त वडा बनाउन चाहान्छौं ।

वडामा बालविवाहको समस्या बढिमात्रामा भएकाले सडक नाटकमार्फत उनीहरुलाई सचेत गर्ने कार्य गरिरहेकाछौं । सञ्जालले आज सोमबार पनि वडाका विभिन्न टोलमा सडक नाटक प्रर्दशन गरिन लागेको सञ्जालकी कोषाध्यक्ष गिता रोकायले जानकारी दिइन ।
