हुम्ला ३० असार : दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् ।
पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवा मिलेर हुम्लामै देउडा गीतको म्युजिक भिडियो छायाङ्कन गरेका छन् ।
देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै युवा म्युजिक भिडियो उत्पादनमा लागेका हुन् ।
समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत–सङ्गीतको हाबी हुँदा छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएकाले स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायाङ्कन गरिएको निर्देशक एवं पत्रकार पदमराज हमालले जानकारी दिए ।
‘जिन्दगी अधुरो बनाई छोडी बाईगई माया’ बोलको देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरिएको निर्देशक हमालले बताए । गोठालाहरूको दुःखपीडालाई आधार बनाई माया प्रेम झल्काउने गीतको भाव रहेको निर्देशक हमालको भनाइ छ । गीत स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्दमा रहेको छ । म्युजिक भिडियोमा पनि हुम्लाकै स्थानीय कलाकारहरुको अभिनय रहेको बताइएको छ ।
गीतमा हुम्लाका सञ्चारकर्मी नरजन तामाङ, उर्मिला शाही र विष्णु बुमीको अभिनय रहेको छ । जिल्लाकै पत्रकार हमाल, अविनाश लामा र अर्जुन बोहराले गीतको छायाङ्कन गरेका हुन् । -रासस
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व