नेपालगन्ज ३० असार : देशभर थप दुई हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ९०५ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १३ हजार २४ जनाको पीसिआर र एन्टीजेन परीक्षण गर्दा दुई हजार ९०५ जनामा संक्रमण पाइएकोछ ।
जसमा ८ हजार १०८ जना पीसिआर परीक्षण गर्दा दुई हजार १० र ४ हजार ९१६ जनाको एन्टीजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै हालसम्म पीसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन् ।
यस्तै देशभर थप एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने पछिल्लो २४ घण्टामा देशभर थप १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको । यो सगैं हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार देशभर २६ हजार ६४७ जना सक्रिय संक्रमित रहेकाछन् । तीमध्ये २४ हजार ९९ जना संक्रमित होम आइसोलेसन र २ हजार ५४८ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५९९ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर २९५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित पत्ता लाग्नेदर १९ दशमलब २ प्रतिशत रहेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?