नेपालगन्ज ३० असार : नेपालगन्जका वडाअध्यक्ष दीपक बर्माले बुद्धको मुर्तीसहितको पार्क उद्घाटन गरेकाछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयको बजेटमा निर्मित बुद्धको प्रतिमा सहित बुद्ध चोक पार्कको वडाअध्यक्ष बर्माले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
वडा कार्यालयको ९ लाख ५० हजार रुपैयाँ लागतमा नेपालगन्ज–कोहलपुर सडक खण्डमा उक्त पार्क निर्माण गरिएकोछ ।
नेपालगन्ज–कोहलपुर सडकको भुजईगाउँनजिकै निर्माण भएको पार्क रमणीय देखिन्छ । पार्कमा बुधबार बौद्ध परम्परा अनुसार पुजाआजा गरिएको छ ।
वडा कार्यालयले भौतिक पूर्वाधार, सडक कालोपत्रे र स्तरउन्नतीमा प्राथमिकता दिएको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । वडामा चालु आर्थिक वर्षका अधिकांस विकासका आयोजना सम्पन्न भएका छन् ।
वडाको नेतृत्व सम्हालेसंगै वडाअध्यक्षले वडाको सडक, भौतिक संरचना निर्माण र स्तरउन्नतीमा अग्रणी भूमिका खेल्दै आएकाछन् ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु