नेपालगन्ज ३१ असार : कोरोना संक्रमणका कारण स्थगित हुदैँ आएको कक्षा १२ को परीक्षा यही साउन अन्तिम साताबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको योजना छ ।
यसका लागि बार्डले परीक्षा सञ्चालनसम्बन्धी तयारी गर्दै सम्पूर्ण विवरणसहितको निवेदन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी) मा पठाइसकेकोछ ।
कक्षा–१२ विद्यालय तहको अन्तिम परीक्षा भएको र बिनापरीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि बोर्डले पुरानै मोडेलबाट परीक्षा लिन लागेको हो । कक्षा–१२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ । विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटो समेत खुल्ने भएकाले कक्षा–१२ मा परीक्षा लिनैपर्ने हुन्छ ।
बोर्डले गएको जेठ २६ गते कक्षा–१२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोनाका कारण स्थगित गरेको थियो । हाल कुनै पनि विश्वविद्यालयमा स्नातक तहको भर्ना नखुलेकाले कक्षा–१२ का विद्यार्थीको धेरै समय खेर नगएको शिक्षाविद् बताउँछन् ।
बोर्डले यसपटक कक्षा–१२ को परीक्षा फरक मोडालिटीमा हुने जनाएको छ । गत वर्ष ४० अंकको मात्रै लिखित परीक्षा लिएर कक्षा–११ को परीक्षालाई समेत आधार मानेर कक्षा–१२ को नतिजा निकालिएको थियो । आन्तरिक मूल्यांकनलाई समेत अन्तिम परीक्षामा आधार मानिएको थियो । यस वर्ष कक्षा–१२ को परीक्षामा चार लाख ५० हजार विद्यार्थी सहभागी हुँदै छन् ।
यता, कोभिड–१९ को संकट बढेपछि सरकारले गठन गरेको सीसीएमसीले सम्पूर्ण कुराको निर्णय गर्दै आएको छ ।
परीक्षा सञ्चालन सम्बन्धि बोर्डले सीसीएमसीलाई एक साताअघि नै निवदेन पठाइसकेको छ । बोर्डले विद्यार्थीलाई भौतिक रुपमै उपस्थिती गराएर परीक्षा लिने तयारी गरेकोछ तर, सिसिएमसीले सो सम्बन्धमा निर्णय अझै गरिनसकेको हुँदा कक्षा १२ को परीक्षा साउन अन्तिम वा सो भन्दा केही समयपछि गर्ने भन्ने टुङ्गो अझैं लागेको छैन ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु