नेपालगन्ज ३१ असार : देशभर थप दुई हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७६८ जनाको परीक्षण गर्दा थप दुई हजार ६७६ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ जना पीसिआर परीक्षण गर्दा एक हजार ७८२ र ४ हजार ५१२ जनाको एन्टीजेन परीक्षण गर्दा ८९४ जनामा संक्रमण पुष्टि भएकोछ ।
योसंगै देशभर ७ लाख ९ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख २५ हजार ५७० जना संक्रमित निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ७५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने यही अवधिमा थप ३३ जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म देशभर ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेकोछ । विहीबार बेलुकासम्म देशभर २६ हजार ३३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने तीमध्ये २४ हजार २५ जना संक्रमित होम आइसोलेसन र २ हजार ६१४ संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै संस्थागत आइसोलसनमध्ये ६०२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २९२ जना विभिन्न क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?