नेपालगन्ज १ साउन : बर्दिया जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । योसंगै लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्लामात्र पूर्ण खोप घोषणा हुन बाँकी रहेकोछ ।
एक कार्यक्रमकाबीच बर्दिया जिल्लालाई ६१ औं पूर्ण खोप जिल्लाका रुपमा घोषणा गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्णखोप पाएको सुनिश्चित गरी पूर्ण खोप जिल्ला घोषणा गरेको हो ।
आगामी साता रुकुम पूर्व जिल्लालाई पूर्ण खोप गरिएसँगै लुम्बिनी प्रदेश पूर्ण खोप पूर्णखोप युक्त प्रदेश हुने बताइएको छ ।
बलस्वास्थ्य तथा खोप शाखा प्रखुम डाक्टर झलक शर्मा गौतमले कोभिड–१९ महामारीका समयमा समेत नियमित खोप कार्यक्रम प्राथमिकताका साथ सञ्चालन भइरहेको बताए ।
उनले भने, ‘कोरोनाको समयमा पनि जिल्लाका साथीहरुले नियमित खाप लगायतका अन्य स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । अब लुम्बिनी प्रदेशमा रुकुम पूर्व मात्र पूर्णखोप हुन बाँकी छ । अर्को साता त्यहाँ पूर्ण खोप घोषणा गर्ने कार्यक्रम छ ।’
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?