नेपालगन्ज १ साउन : देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पाइएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा थप २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ । भने यही अवधिमा एक हजार ७७५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ जना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।