कोभिड विरुद्धको खोप केन्द्र व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन


कोभिड विरुद्धको खोप केन्द्र व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नेपालगन्ज १ साउन : कोभिड–१९ विरुद्धको खोप केन्द्रलाई व्यवस्थित गरि संख्या थप गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले यसका लागि मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन् ।

‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।

कोभिड विरुद्धको खोप लगाउन खोप केन्द्रमा धेरै भीड बढेपछि सर्वसाधारणले समेत गुनासो गर्दै आएका छन् । भीड र अव्यवस्थित लाइनका कारण खोप केन्द्रबाट नै कोरोना सर्ने डर रहेको भन्दै व्यवस्थित गर्न माग गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो समय देशमा दिनहुँ कोरोना संक्रमित संख्या उकालो लागिरहेकोछ । कोरोना संक्रमितको संख्या उकालो लागिरहेको बेला प्रधानमन्त्रीले समेत चासो देखाएका हुन् ।