नेपालगन्ज १ साउन : कोभिड–१९ विरुद्धको खोप केन्द्रलाई व्यवस्थित गरि संख्या थप गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले यसका लागि मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन् ।
‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।
कोभिड विरुद्धको खोप लगाउन खोप केन्द्रमा धेरै भीड बढेपछि सर्वसाधारणले समेत गुनासो गर्दै आएका छन् । भीड र अव्यवस्थित लाइनका कारण खोप केन्द्रबाट नै कोरोना सर्ने डर रहेको भन्दै व्यवस्थित गर्न माग गरिएको थियो ।
पछिल्लो समय देशमा दिनहुँ कोरोना संक्रमित संख्या उकालो लागिरहेकोछ । कोरोना संक्रमितको संख्या उकालो लागिरहेको बेला प्रधानमन्त्रीले समेत चासो देखाएका हुन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?