नेपालगन्ज २ साउन : देशभर थप एक हजार ८७५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा थप एक हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । भने यही अवधिमा थप २ हजार १६४ जना संक्रमित निको भएका छन् । हाल देशभर कोरोना भाइरस संक्रमणलाई परास्थ पार्नेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?