देशभर थप १८७५ जना थपिदाँ २१ जनाको मृत्यु


देशभर थप १८७५ जना थपिदाँ २१ जनाको मृत्यु

नेपालगन्ज २ साउन : देशभर थप एक हजार ८७५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा थप एक हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । भने यही अवधिमा थप २ हजार १६४ जना संक्रमित निको भएका छन् । हाल देशभर कोरोना भाइरस संक्रमणलाई परास्थ पार्नेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।