नेपालगन्ज ३ साउन : देशभर थप एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल ९ हजार ६२८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६२८ जना पीसिआर परीक्षण गर्दा एक हजार २२३ र ३ हजार जनाको एन्टीजेन परीक्षण गर्दा ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म पीसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमित निको भइसकेका छन् ।
आज देशभर एक हजार ६६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ५५० जना संक्रमितको मृत्यु भइसकेको छ ।
देशभर २५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २२ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ६५१ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५६१ जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३४० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?