कोरोना जोखिम मोलेरै शिवको पूजा


कोरोना जोखिम मोलेरै शिवको पूजा

साउनको पहिलो सोमबार बागेश्वरी मन्दिरमा भक्तजनको लागेको भीड । तस्विर : अनिता बुढाथोकी /सेतोखरी

अनिता बुढाथोकी/पुजा वैश्य

नेपालगन्ज ४ साउन : यस वर्षको साउनको पहिलो सोमबार नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनहरुको घुइँचो लागेकोछ । भगवान शिवको प्रिय महिनाका रुपमा मानिने साउनको पहिलो सोमबार बागेश्वरी मन्दिर परिसरमा विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका सबै मन्दिर बन्द गरिएका छन् । यद्यपी बागेश्वरी मन्दिरमा भक्तजनहरुको उल्लेख्य उपस्थिती थियो ।
बाँके प्रशासनले निषेधाज्ञा लगाएपनि साउन महिना भएकै कारण भक्तजनहरु कोरोनालाई बेप्रवाह गर्दै मन्दिर पुगेका हुन् ।

मन्दिर परिसरमा पुगेका भक्तजनहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । त्यहाँ उपस्थित भक्तजनहरुले भौतिक दूरी पालन गरेका थिएनन् । भने कतिपयले त मास्कसमेत नलगाएको पाइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गेश्वर महादेवको पूजा गर्न लामबद्ध थिए ।
पूजा गर्न लाईनमा पालो कुरिरहेकी बाँके फत्तेपुरकी सपना कार्कीले धार्मिक आस्थाका कारण कोरोनाको जोखिम मोलेर भएपनि मन्दिर आएको बताईन् ।

उनले भनिन्–‘यो पवित्र महिनामा शिवको पूजा आरधाना गरेमा शुभ हुने र मनोकामाना पुरा हुने हुदाँ हरेक वर्ष म पूजा गर्न आउने गर्छु । कोरोनाको जोखिम भएपनि स्वास्थ्य सावधानी अपनाएको छु ।’

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१, धम्बोझीकी रिता आचार्यले मास्क लगाएर मन्दिर आएपनि केहीले सामाजिक दूरी कायम नगरेको बताईन ।
उनले भनिन्–‘भौतिक दूरी त परको कुरा कतिपयले त मास्क नै नलगाएको देँखे ।’ श्रीमानको आयु लामो हुने र घरपरिवारमा सुखशान्ति हुने भन्दै विगत ५ वर्षदेखि आचार्य व्रत बस्दै आएकीछिन् ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ की लक्ष्मी केसी र वडा नम्बर– ६ की सविता शाहको बुझाइ पनि एउटै छ ।

उनीहरु भन्छन्–‘कोरोनाको जोखिम भएपनि भगावनप्रतिको आस्था र विश्वासले मन्दिरसम्म आऔं । धार्मिक विश्वास तथा परम्परालाई यति सहजै कहाँ भूल्न सकिन्छ र ?’
कोहलपुरकी सीता क्षेत्री र नेपालगन्जकी मिना कुँवर अविवाहित युवती हुन् । उनीहरु पनि साउनमा व्रत बस्न थालेको धेरै वर्ष भएको छैन ।

स्वास्थ्यका लागि तथा धार्मिक मान्यताका लागि व्रत बस्नुपर्ने धारणा रहेको बताउने क्षेत्री र कुँवर साउन महिनामा भगवान शिवको पूजापाठ गरि व्रत बसे शिव जस्तै राम्रो श्रीमान पाइने बताउँछन् ।

‘राम्रो श्रीमान पाइन्छ । शिव भगवान खुसी हुन्छन् । स्वास्थ्यको लाभ पनि हुन्छ । त्यसैले हामी व्रत बस्ने गर्छौं ।’ उनीहरुले बताए ।

त्यसो त धार्मिक मूल्यमान्यता र परम्पराका कारण कोरोना जोखिमकै बेला मन्दिर आउनु स्वास्थ्यका लागि जोखिम हो । यसका लागि सम्बन्धित निकायले उचित व्यवस्थापन गर्नुपर्छ ।-प्रशिक्षार्थी