साउनको पहिलो सोमबार बागेश्वरी मन्दिरमा भक्तजनको लागेको भीड । तस्विर : अनिता बुढाथोकी /सेतोखरी
अनिता बुढाथोकी/पुजा वैश्य
नेपालगन्ज ४ साउन : यस वर्षको साउनको पहिलो सोमबार नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनहरुको घुइँचो लागेकोछ । भगवान शिवको प्रिय महिनाका रुपमा मानिने साउनको पहिलो सोमबार बागेश्वरी मन्दिर परिसरमा विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका सबै मन्दिर बन्द गरिएका छन् । यद्यपी बागेश्वरी मन्दिरमा भक्तजनहरुको उल्लेख्य उपस्थिती थियो ।
बाँके प्रशासनले निषेधाज्ञा लगाएपनि साउन महिना भएकै कारण भक्तजनहरु कोरोनालाई बेप्रवाह गर्दै मन्दिर पुगेका हुन् ।
मन्दिर परिसरमा पुगेका भक्तजनहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । त्यहाँ उपस्थित भक्तजनहरुले भौतिक दूरी पालन गरेका थिएनन् । भने कतिपयले त मास्कसमेत नलगाएको पाइएको थियो ।
बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गेश्वर महादेवको पूजा गर्न लामबद्ध थिए ।
पूजा गर्न लाईनमा पालो कुरिरहेकी बाँके फत्तेपुरकी सपना कार्कीले धार्मिक आस्थाका कारण कोरोनाको जोखिम मोलेर भएपनि मन्दिर आएको बताईन् ।
उनले भनिन्–‘यो पवित्र महिनामा शिवको पूजा आरधाना गरेमा शुभ हुने र मनोकामाना पुरा हुने हुदाँ हरेक वर्ष म पूजा गर्न आउने गर्छु । कोरोनाको जोखिम भएपनि स्वास्थ्य सावधानी अपनाएको छु ।’
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१, धम्बोझीकी रिता आचार्यले मास्क लगाएर मन्दिर आएपनि केहीले सामाजिक दूरी कायम नगरेको बताईन ।
उनले भनिन्–‘भौतिक दूरी त परको कुरा कतिपयले त मास्क नै नलगाएको देँखे ।’ श्रीमानको आयु लामो हुने र घरपरिवारमा सुखशान्ति हुने भन्दै विगत ५ वर्षदेखि आचार्य व्रत बस्दै आएकीछिन् ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ की लक्ष्मी केसी र वडा नम्बर– ६ की सविता शाहको बुझाइ पनि एउटै छ ।
उनीहरु भन्छन्–‘कोरोनाको जोखिम भएपनि भगावनप्रतिको आस्था र विश्वासले मन्दिरसम्म आऔं । धार्मिक विश्वास तथा परम्परालाई यति सहजै कहाँ भूल्न सकिन्छ र ?’
कोहलपुरकी सीता क्षेत्री र नेपालगन्जकी मिना कुँवर अविवाहित युवती हुन् । उनीहरु पनि साउनमा व्रत बस्न थालेको धेरै वर्ष भएको छैन ।
स्वास्थ्यका लागि तथा धार्मिक मान्यताका लागि व्रत बस्नुपर्ने धारणा रहेको बताउने क्षेत्री र कुँवर साउन महिनामा भगवान शिवको पूजापाठ गरि व्रत बसे शिव जस्तै राम्रो श्रीमान पाइने बताउँछन् ।
‘राम्रो श्रीमान पाइन्छ । शिव भगवान खुसी हुन्छन् । स्वास्थ्यको लाभ पनि हुन्छ । त्यसैले हामी व्रत बस्ने गर्छौं ।’ उनीहरुले बताए ।
त्यसो त धार्मिक मूल्यमान्यता र परम्पराका कारण कोरोना जोखिमकै बेला मन्दिर आउनु स्वास्थ्यका लागि जोखिम हो । यसका लागि सम्बन्धित निकायले उचित व्यवस्थापन गर्नुपर्छ ।-प्रशिक्षार्थी
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा