नेपालगन्ज ४ साउन : देशभर थप दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३३ जना पीसिआर परीक्षण गर्दा एक हजार ६४२ र ३ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गर्दा ८०३ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म पीसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १८ हजार ४९४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३३ हजार ३३२ जना संक्रमित निको भइसकेका छन् ।
आज देशभर एक हजार २५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ ।
देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २२ हजार ३३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५०३ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५६४ जना आइसियुमा र १५५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३०४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?