दमक ५ साउन : कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो ।
पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने बताए । अत्यावश्यक सेवा भने सञ्चालन गरिने उनको भनाइ छ ।
मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको उनले बताए । वडाहरुमा गरिने एन्टिजेन परीक्षणबाट दैनिक ३५ देखि ४० जनासम्ममा पोजेटिभ देखिएपछि बाध्य भएर पालिका बन्द गर्नुपरेको उनको भनाइ छ ।
पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि तथा स्थानीय प्रशासनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले दोस्रो लहरको कोभिड–१९ को भेरियन्टमा मात्र १४ जनाको मृत्यु भइसकेको बताए । -रासस
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?