नेपालगन्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क निर्माण


नेपालगन्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क निर्माण

नेपालगन्ज ५ साउन : नेपालगन्जको जमूनाह नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क निर्माण सम्पन्न भई मङ्गलबारदेखि सञ्चालनमा आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले हेल्थ डेस्कको नवननिर्मित भवनको मंगलबार उद्घाटन गरे ।

कोरोना, डेङ्गु, मलेरिया लगायतका सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डाक्टर राणाले बताए । देशभरका १३ वटा नाका मध्ये स्थायी प्रकृतिको हेल्थडेस्क सञ्चालन भएको नेपालगन्जमा पहिलो पटक हो ।

नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियन सहितका स्वास्थ्यकर्मीहरु खटिन भएका छन् । भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण (स्क्यानिङ) र आवश्यकता अनुसार परीक्षण गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

५१ लाख ३१ हजार रुपैयाँको लागतमा करिब तीन महिनामा प्रिपेफको भवन निर्माण सम्पन्न गरिएको छ । हेल्थ डेस्कको केही भाग ईलाका प्रहरी कार्यालय जमूनाहले समेत प्रयोग गर्ने उपप्रमुख उमा थापा मगरले जानकारी दिए ।