नेपालगन्ज ५ साउन : देशभर थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको १३ हजार १३५ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै हाल नेपालमा ७ लाख २१ हजार ०२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पीअिसार परीक्षण गर्दा दुई हजार २०२ र ४ हजार २९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै यही अवधिमा देशभर एक हजार ५९५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ६०७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २३ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५८५ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ५९२ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ३२६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।