देशभर २८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु


देशभर २८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

नेपालगन्ज ६ साउन : देशभर दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप २ हजार ८३८ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा कुल १२ हजार ६१६ जनाको पीसिआर र एन्टीजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ जना पीसिआर परीक्षण गर्दा एक हजार ९१८ र तीन हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २४ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३६ हजार ४०२ जना संक्रमित निको भइसकेका छन् ।
यस्तै यही अवधिमा देशभर एक हजार ४७५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ६३६जना संक्रमितको मृत्यु भइसकेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

देशभर २६ हजार ८३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार ३४० जना संक्रमित होम आइसोलेसन र २ हजार ४९२ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ६२७ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।

देशभर ३०१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको संख्या उकालो लागिरहेकोछ ।