नेपालगन्ज ६ साउन : देशभर दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा थप २ हजार ८३८ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा कुल १२ हजार ६१६ जनाको पीसिआर र एन्टीजेन परीक्षण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ जना पीसिआर परीक्षण गर्दा एक हजार ९१८ र तीन हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म पीसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २४ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३६ हजार ४०२ जना संक्रमित निको भइसकेका छन् ।
यस्तै यही अवधिमा देशभर एक हजार ४७५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ६३६जना संक्रमितको मृत्यु भइसकेको छ ।
देशभर २६ हजार ८३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार ३४० जना संक्रमित होम आइसोलेसन र २ हजार ४९२ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ६२७ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।
देशभर ३०१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको संख्या उकालो लागिरहेकोछ ।
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?