२४ घण्टामा २४ जनाको मृत्यु, २७१४ जना संक्रमित थपिए


२४ घण्टामा २४ जनाको मृत्यु, २७१४ जना संक्रमित थपिए

नेपालगन्ज ७ साउन : देशभर थप २ हजार ७१४ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजा १२२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ । पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७४ हजार ७२६ र एन्टिजेन परीक्षणबाट ५३ हजार ४४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ६ लाख ३७ हजार ६९० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ ।