नेपालगन्ज ८ साउन : देशभर थप २ हजार ९ सय ७७ संक्रमित थपिएकाछन् ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणका क्रममा थप २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ६७८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ ।
मन्त्रालयका अनुसार यही अवधिमा १८ जना संक्रमितको मृत्यु भएको छ । भने हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।