नेपालगन्ज ८ साउन : देशभर थप २ हजार ९ सय ७७ संक्रमित थपिएकाछन् ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणका क्रममा थप २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ६७८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ ।
मन्त्रालयका अनुसार यही अवधिमा १८ जना संक्रमितको मृत्यु भएको छ । भने हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?