नेपालगन्ज ९ साउन : देशभर थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १४ हजार ९०० नमुना जाँचमा थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा १० हजार ६३५ जनाको पीसीआर र ४ हजार २८५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १९७ संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ ।
उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?