एकैदिन थपिए ३११४ संक्रमित, १६ जनाको मृत्यु


एकैदिन थपिए ३११४ संक्रमित, १६ जनाको मृत्यु

नेपालगन्ज ९ साउन : देशभर थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १४ हजार ९०० नमुना जाँचमा थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा १० हजार ६३५ जनाको पीसीआर र ४ हजार २८५ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १९७ संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।