कोरोना भाइरस अपडेट

एकैदिन थपिए ३८९९ संक्रमित, २० जनाको मृत्यु


एकैदिन थपिए ३८९९ संक्रमित, २० जनाको मृत्यु

नेपालगन्ज १२ साउन : देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ७७८ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।