नेपालगन्ज १२ साउन : देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ७७८ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?