नेपालगन्ज १२ साउनः ‘शुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवा’ भन्ने मुल नाराका साथ रक्तसञ्चार सेवा दिवस मङ्गलबार नेपालगन्जमा मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र बाँकेद्वारा आयोजित कार्यक्रममा रक्तसञ्चार सम्बन्धी उपकरण हस्तान्तरण, खुला रक्तदान र कोण सभाको आयोजना गरि दिवस मनाइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ ले मानवीय सेवा अन्र्तगत प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रलाई वाटरवाथ, विपी सेट, सेन्ट्रीफियुज र क्लोरीमिटर गरी ५० हजार बराबरको उपकरण कार्यबहाक वडा अध्यक्ष सत्यनारायण यादवले नेरेसो बाँके शाखाका सभापति गोबर्धन सिंह सम्झनालाई हस्तान्तरण गरे ।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जबाट आर्थिक वर्ष २०७७÷०७८ मा १० हजार ८ सय १६ सकंलनर १३ हजार ८३ पिन्ट रगत वितरण भएको रक्तसञ्चार सेवा केन्द्रका ईन्चार्ज उपेन्द्र रेग्मीले जानकारी दिए ।
यसैगरी १८ सय ८ पिन्ट रक्ततत्व निर्माण (कम्पोनेट) र कोभिडबाट संक्रमित एक सय २९ जना विरामीलाई प्लाजामा उपलब्ध गराइएको थियो ।
नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा समिति बाँकेका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति शान्ति श्रेष्ठ, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, कार्यबहाक वडाअध्यक्ष सत्यनारायण यादव, नेरेसो जिल्ला शाखा र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन नेरेसो बाँके शाखाकी जनसम्पर्क अधिकृत सरिता सिंहले गरेकी थिइन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?