होम सेन्टरबाटै कक्षा १२ को परीक्षा लिइने


होम सेन्टरबाटै कक्षा १२ को परीक्षा लिइने

नेपालगन्ज १३ साउन : कोरोना भाइरस संक्रमणको जोखिमका कारण पटक–पटक स्थगित हुदैँ आएको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी गरिएकोछ ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमणको जोखिमका कारण उनीहरूले अध्ययन गरेको विद्यालयमै होमसेन्टर अवधारणा अनुसार परीक्षा लिने बताए ।

सदस्य सचिव अर्यालले लकडाउनका कारण पर्याप्त मात्रामा यातायात नचलेका कारण विद्यार्थीको सहजताका लागि होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिए । यहि साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ ।

परीक्षा बोर्डका अनुसार कक्षा १२ मा २८ जनाभन्दा कम विद्यार्थी भएका एक हजार, ५० जना भन्दा कम विद्यार्थी भएका २३ सय, १ सयभन्दा कम विद्यार्थी भएका ३४ सय र ५ सयभन्दा बढी विद्यार्थी भएका ८९ विद्यालय छन् । सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बोर्डको भनाई छ ।

Kids Festival 2022
kanti aarogya hospital

छलफलमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संकट ब्यवस्थापन केन्द्रको निर्देशन अनुसार मापदण्ड पुर्याएर परीक्षा सञ्चालन गर्ने जानकारी गराए ।शिक्षक र विद्यार्थीलाई खोप नदिएसम्म भौतिक उपस्थितिमा परीक्षा गर्न सहज नहुने भन्दै खोप प्रदान गरिनुपर्ने विज्ञको भनाईछ ।