दिनहुँ बढ्न थाल्यो कोरोना : एकैदिन थपिए करिब ४ हजार संक्रमित


दिनहुँ बढ्न थाल्यो कोरोना : एकैदिन थपिए करिब ४ हजार संक्रमित

नेपालगन्ज १३ साउन : पछिल्लो समय नेपालमा कोरोना संक्रमित दर उकालो लागिरहेकोछ । कोरोना संक्रमित दर उकालो लागेसंगै तेस्रो लहरको जोखिम बढेर आएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर करिब ४ हजार संक्रमित थपिएकाछन् ।

देशभर पछिल्लो २४ घण्टामा १५ हजार ८०८ नमुना परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन्, भने यही अवधिमा थप ३३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार कोरोना संक्रमणको दर औसतमा २४ दशमलब ०२ प्रतिशत रहेको छ । यो दरले केहीदिनयता कोरोना संक्रमणको दर ह्वात्तै बढ्दै गएको देखिएको उनको भनाइ छ । यस्तै सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएकोछ ।

सक्रिय संक्रमित मध्ये हाल होम आइसोलेसनमा २६ हजार ६५२ जना र संस्थागत आइसोलेसनमा २ हजार ७९२ जना गरी देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित छन् ।

यस्तै संस्थागत आइसोलेसनमा रहेका मध्ये ६११ जना आइसीयू र १६८ जना भेन्टिलेटर र क्वारेन्टिनमा ३४९ जना रहेका छन् ।

पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएकाले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालनामा कडाई गर्नुपर्ने देखिन्छ । देशका अधिकांश क्षेत्रमा कोरोना भाइरस संक्रमणका कारण निषेधाज्ञा समेत लगाइएकोछ ।