नेपालगन्ज १३ साउन : पछिल्लो समय नेपालमा कोरोना संक्रमित दर उकालो लागिरहेकोछ । कोरोना संक्रमित दर उकालो लागेसंगै तेस्रो लहरको जोखिम बढेर आएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर करिब ४ हजार संक्रमित थपिएकाछन् ।
देशभर पछिल्लो २४ घण्टामा १५ हजार ८०८ नमुना परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन्, भने यही अवधिमा थप ३३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार कोरोना संक्रमणको दर औसतमा २४ दशमलब ०२ प्रतिशत रहेको छ । यो दरले केहीदिनयता कोरोना संक्रमणको दर ह्वात्तै बढ्दै गएको देखिएको उनको भनाइ छ । यस्तै सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएकोछ ।
सक्रिय संक्रमित मध्ये हाल होम आइसोलेसनमा २६ हजार ६५२ जना र संस्थागत आइसोलेसनमा २ हजार ७९२ जना गरी देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित छन् ।
यस्तै संस्थागत आइसोलेसनमा रहेका मध्ये ६११ जना आइसीयू र १६८ जना भेन्टिलेटर र क्वारेन्टिनमा ३४९ जना रहेका छन् ।
पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएकाले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालनामा कडाई गर्नुपर्ने देखिन्छ । देशका अधिकांश क्षेत्रमा कोरोना भाइरस संक्रमणका कारण निषेधाज्ञा समेत लगाइएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?