नेपालगन्ज १४ साउन : देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १४ हजार २ सय ४२ जनाको नमुना जाँच गर्दा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभरका प्रयोगशालामा ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ३७३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।
यस्तै यही समयमा देशभर थप १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?