देशभर संक्रमित हुनेको संख्या ७ लाख नजिक पुग्यो


देशभर संक्रमित हुनेको संख्या ७ लाख नजिक पुग्यो

नेपालगन्ज १४ साउन : देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १४ हजार २ सय ४२ जनाको नमुना जाँच गर्दा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभरका प्रयोगशालामा ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ३७३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै यही समयमा देशभर थप १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।