डुडुवा (बाँके) १४ साउनः डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवाको थप प्रभावकारिता तथा गुणस्तरीयता बढाउनका लागि आगामी वर्षको कार्ययोजना तथा रणनीति निमार्ण गरेको छ ।
गाउँपालिका स्वास्थ्य शाखाद्वारा बिहीबार आयोजित आर्थिक वर्ष २०७७।०७८ को वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा उक्त स्वास्थ्य सेवाको स्तरबृद्धि लगायतका विषयमा सुधार गर्न आगामी कार्ययोजना निमार्ण गरिएको हो ।
गाउँपालिकामा ‘जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालनको कार्यक्रमलाई यस वर्षदेखि विशेष अभियानको रुपमा सञ्चालन गरिएको छ ।
गोष्ठीबाट विषेश गरि गाउँपालिकाले सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा अभियानका कार्यक्रमलाई थप निन्तरता दिदँै, आमा सुरक्षा, सुरक्षित मातृत्व, खोप, गाउँघर तथा खोप क्लिनिक सुधार तथा पुर्वाधार व्यवस्थापन लगायतका विषयमा आगामी वर्षका लागि रणनीति निमार्ण गरिएकोे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
उनका अनुसार गाउँपालिकामा अझै पनि अशिक्षित नागरिकहरुको बसोबास भएकाले स्वास्थ्थ तथा सरसफाइमा विशेष ध्यान दिदै कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
पालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्यमा करिव दुई करोड रुपैयाँ छुट्याएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार घरघरमा स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, ल्याब स्थापना र सञ्चालन, बेतहनीमा इमरजेन्सी स्वास्थ्य सेवा सञ्चालन रहेका छन् ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी स्वास्थ्य सेवा प्रदान गर्दै आएको र यो सेवाले यहाँका नागरिकलाई निकै मद्दत पुरयाएको अध्यक्ष चौधरीले बताए ।
कार्यक्रममा गतवर्षको वार्षिक प्रगति विवरण गाउँपालिकाका ६ वटै स्वास्थ्य चौकीका इन्चार्जहरुले आ–आफनो प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणपछि छलफल गरि आगामी कार्ययोजना तथा रणनीति निमार्ण गरिएको छ ।
गोष्ठीमा वडा नम्बर– १ का अध्यक्ष पटेश्वर कुर्मी, कार्यपालिका सदस्य लिलावती यादव, रिता परियार, कमला शाही वडासदस्यद्वय झुठुवा थारु र आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले आफ्ना धारणा राखेका थिए । गोष्ठीमा स्वास्थ्य चौकी इन्चार्ज तथा अन्य स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी